न्यायिक समितिको प्रभावकारीतामा जोड

– सरोकारवालाहरुको सहभागिता
लोकखबर
२०८२ माघ ८, बिहीबार २२:३७

बिदुर– स्थानीय तहमा रहेका न्यायिक समितिको प्रभावकारितामा जोड दिदै नुवाकोटको खरानीटारमा भेला सम्पन्न भएको छ । कार्यक्रममा नुवाकोटका स्थानीय तहका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तादी गाउँपालिकाको न्यायिक समितिको आयोजनामा संघ सस्था प्रोत्साहन /सम्मानसहित न्यायिक समितिका संयोजकहरुको भेला तादी गापा ३ खरानीटारमा विहीवार सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुले कानूनले निर्दिष्ट गरेका र कार्यविधिभित्र परेका स्थानीय न्यायिक विषयको निरुपणमा सक्रियताको जरुरी रहेको वताए ।

उक्त कार्यक्रम तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले उद्घाटन गरेका हुन् । उनले स्थानीय न्यायिक समितिले गर्नसक्ने कार्यहरु स्थानीय तहमै गरेर जनतालाई सदरमकुाम तथा अदालतसम्म जानु पर्ने समस्याको समाधान भएकोसमेत वताए ।

कार्यक्रममा तादी गापाकी उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ, बेलकोगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहाल, विदुर नपाकी उपमेयर प्रभा वोगटी, किस्पाङ गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, दुप्चेश्वर गापाकी उपाध्यक्ष माकुरी तामाङलगायतले आआफ्नो स्थानीय तहमा न्यायिक समितिले गरेका कार्यहरु प्रस्तुत गरेका थिए । लिखु गापाकी उपाध्यक्ष शुभद्रा अधिकारीउप्रेती, पञ्चकन्या गापाकी उपाध्यक्ष विमला केसी, तारकेश्वर गापा उपाध्यक्ष हरिप्रसाद रिमाल, म्यागङ गापा उपाध्यक्ष सीता तामाङ, सुर्यगढी गापा उपाध्यक्ष मन्जु बुढाथोकीढकाल, शिवपुरी गापा उपाध्यक्ष वीरबहादुर तामाङलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रममा तादी गापाका प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतम, वडाध्यक्ष बच्चुराम तामाङ, रुडेक नेपालका संस्थापक अध्यक्ष मीनकुमार केसी, नेपाल ग्रिनतारा फाउण्डेशनका अध्यक्ष बन्दीनिमा शेर्पा, न्यायिक सहजकर्ताहरु सविना तामाङ, सुशीलाकुमारी तामाङ, सीता खनाल, कल्पना केसी, सरस्वती अधिकारी, पन्चबहादुर तामाङ, अशोक खड्का, विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले न्यायिक समस्याको समाधानका लागि कार्यविधि र मापदण्ड अनुसार कार्य भइरहेको वताए । कार्यक्रममा विभिन्न शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी, ग्रिनतारा फाउण्डेशनका अध्यक्ष बन्दिनिमा शेर्पालगायतलाई सम्मानसमेत गरिएको छ ।

 


सर्वाधिक रुचाइएको