महिलाहरुलाई मानसिक स्वास्थ्य कार्यक्रम

– समुदाय सचेतना
लोकखबर
२०८२ माघ २०, मंगलवार २२:१६

बिदुर– समुदाय सचेतनामा जोडदिदै नुवाकोटको बिदुर नगरपालिकामा महिला जागरण कार्यक्रम सन्चालन गरिएको छ । यसवाट महिलाहरुमा आत्म जागरण हुने विस्वास लिइएको छ ।

स्वस्थ्य मन, स्वस्थ्य जीवन, मानसिक स्वास्थ्य समुदायस्तरिय कार्यक्रम बिदुर नपाले “मनको कुरा गरौँ“ भन्ने मुल उद्देश्यसहित सन्चालन गरेको हो । कार्यक्रम अन्र्तगत पहिलो चरणमा उक्त अभियान विदुर नपा –८ केउरेनी र विदुर नपा ४ विदुर, बृन्दलामार्गमा समपन्न भएको छ ।

सहभागी समुदायमा महिलाहरलाई सामाजिक सचेतना, मानसिक स्वास्थ्य सुरक्षा, आत्म जागरणलगायतका विषयमा जानकारी गराइएको थियो । अन्य वडाहरुमा पनि स्वस्थ्य मन, स्वस्थ्य जीवनः मानसिक स्वास्थ्य समुदाय स्तरिय उक्त सचेतना अभियान प्रदान गरिने विदुर नपाकी उपमेयर प्रभा वोगटीले वताइन् ।


सर्वाधिक रुचाइएको