निर्वाचन प्रहरीलाई प्रदेश प्रमुखको सचेतना
बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नियुक्त भएका निर्वाचन प्रहरीहरुलाई वागमति प्रहरी प्रमुखले निरीक्षण तथा निर्देशन दिएका छन् । निर्वाचनको सफलताका लागि सरकारले तोकिदिएको कार्य गर्न निर्वाचन प्रहरीलाई निर्देशन दिएका छन् ।

नुवाकोटको वट्टार नागटारी पुगेर मंगलवार तालिमरत निर्वाचन प्रहरीलाई बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीले निर्वाचन सम्वन्धि आवस्यक सचेतना प्रदान गरेका हुन् । उनले निर्वाचन प्रहरी अनुशिक्षण तालिममा तालिमरत निर्वाचन प्रहरीलाई तालिम सम्बन्धि महत्वपुर्ण जानकारी दिए ।

निर्वाचन स्वच्छ, निश्पक्ष एंव भएरहित वातावरणमा सम्पन्न गर्न उच्च मनोवलका साथ काम गर्न समेत आवश्यक निर्देशन दिएका छन् । रेग्मीले विदुरस्थित जिल्ला प्रहरी कार्यालय नुवाकोट तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आगामी फागुन २१ गते सम्पन्न हुन गई रहेको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धमा आवश्यक निर्देशन दिएका छन् ।




















































