तरुण दलका उपाध्यक्षलगायत एमालेमा प्रवेश

– उम्मेदवार मैनालीले गरे स्वागत
लोकखबर
२०८२ फाल्गुन १३, बुधबार १४:०९

बिदुर – आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिदै जांदा नुवाकोटमा वुधवार नेपाली कांग्रेसको युवा संगठन तरुण दलका जिल्ला उपाध्यक्षसहितका युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । युवा पुस्ताको लागि उनीहरुले एमाले रोजेको वताए ।

तरुण दल नुवाकोटका उपाध्यक्ष तथा शिवपुरीका युवा नेता सन्तोष गुरुङसहितका रमेश गुरुङ, रुपेश तामाङ, विवेक गुरुङ र साजन गुरुङ एमालेमा प्रवेश गरेका हुन् । उनीहरूले एमालेको नीति, विचार, सिद्धान्त तथा राष्ट्रवादी अडानप्रति आकर्षित भई युवा युवा उम्मेदवार उम्मेदवार बद्री मैनालीको स्पष्ट विकास भिजन र मिलनसार कार्यशैली मन पराएर पार्टी प्रवेश गरेकोसमेत बताएका छन् ।

नवप्रवेशीहरूलाई नेकपा एमालेका उम्मेदवार तथा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले वुधवार कार्यक्रमसहित पार्टीमा युवाहरुलाई गर्दै खादा र रातो टिका लगाएर सम्मानसहित स्वागत गरे । उम्मेदवार मैनालीले पार्टीभित्र युवाहरूको सक्रिय सहभागिताले विकास र समृद्धिको मार्ग अझ सुदृढ हुने बताए ।

तरुण दल नुवाकोटका उपाध्यक्ष सन्तोष गुरुङसहित पाँच जना युवा नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिवालय सदस्यसमेत रहेका दीपक कार्कीले जानकारी दिए । उनीहरुले युवा उम्मेदवार बद्री मैनालीको विकास सम्बन्धि योजना, प्रतिवद्धता र मिलनसार कार्यशैली मन पराएर पार्टी प्रवेश गरेका बताएका छन् ।

बर्तमान राजनीतिक परिवेशमा युवाहरूको रोजाई र सक्रियताले नुवाकोटको राजनीतिमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ । केहि दिन अगाडि मात्र नेविसंघ नुवाकोटका पुर्व अध्यक्ष राजु अधिकारीसहितका युवाहरु एमालेमा प्रवेश गरेका थिए ।

 


सर्वाधिक रुचाइएको