बिदुरमा विद्यार्थी दुर्घटना विमा कार्यक्रम
बिदुर– नुवाकोटको विदुर नगरपालिकामा सन्चालित “विद्यार्थी दुर्घटना बीमा कार्यक्रम” वाट विद्यार्थीहरु लाभान्वित भएका छन् । “विद्यार्थी दुर्घटना बीमा कार्यक्रम” अन्तर्गत बीमा कम्पनीबाट प्राप्त बीमा दाबी बापतको रकम वरावरको चेक सम्बन्धित बिमित विद्यार्थीहरूलाई प्रदान गरिएको छ । बीमा दाबी बापतको रकम वरावरको चेक विद्यार्थीहरुलाई उपलब्ध गराउनका लागि विदुर नपाका मेयर राजन श्रेष्ठले सम्बन्धित विद्यालयका प्रतिनिधिलाई शुक्रवार हस्तान्तरण गरे ।

विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विदुर नपाले सञ्चालन गर्दै आएको सो कार्यक्रममार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सम्भावित दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिमबाट संरक्षण प्रदान गर्ने उद्देश्य राखिएको मेयर राजन श्रेष्ठको भनाई छ । चालु आर्थिक वर्षमा विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत १५ जना बिमित विद्यार्थीहरूले दुर्घटना सम्बन्धि घटना पश्चात आवश्यक प्रक्रिया पूरा गरी बीमा दाबी बापतको रकम प्राप्त गरेका छन् ।

शुक्रवार तीन जनालाई दावी विमा रकम प्रदान गरिएको हो । विद्यार्थीहरूको हित, स्वास्थ्य सुरक्षा तथा सामाजिक संरक्षणलाई मध्यनजर गर्दै सञ्चालन गरिएको यस बीमा कार्यक्रमले विद्यार्थी तथा अभिभावकलाई आर्थिक सुरक्षाको अनुभूति दिलाउनुका साथै शिक्षा क्षेत्रमा सामाजिक सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याएको विदुर नपाले जनाएको छ ।

विदुर नपाले आगामी समयमा पनि यस्ता कल्याणकारी कार्यक्रमहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूको हितमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रतिबद्ध रहेको मेयर श्रेष्ठको भनाई छ । सम्वन्धित बीमा कम्पनीबाट प्राप्त बीमा दाबी बापतको भुक्तानी रकम बिमित बिद्यार्थीलाई उपलब्ध गराउन सम्बन्धित विद्यालयका व्यबस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुलाई रकम वरावरको चेक प्रदान गरिएको छ ।

विदुर नपामार्फत ५४ वटा समुदायिक विद्यालयमा अध्ययनरत रहेका आठहजार तीनसय ३१ जना विद्यार्थीलाई बीमा कार्यक्रममा समावेश गरिएको छ । चालु आर्थिक वर्षमा विभिन्न विद्यालयमा अध्ययनरत १५ जना बिमितले दाबी भुक्तानी रकम प्राप्त गरेका छन् । यस कार्यक्रमवाट विद्यार्थी तथा अभिभावकहरु लाभान्वित भएका छन् ।













































