भाइको कुटाइले दाइको ज्यान गयो
बिदुर– नुवाकोटको पश्चिमी भेगमा रहेको काहुलेमा भाइको कुटाइवाट दाइको ज्यान गएको छ । प्रहरीले कुटपिट गर्ने भाइलाई पक्राउ गरेको छ । आफ्नै भाईले कुटपिट गर्दा घाइते भएका सहोदर दाजुको मृत्यु भएको हो । भाई फरार रहेका वेला पक्राउ परेका छन् ।
नुवाकोटको किस्पाङ गाउँपालिका ३ काुहले गुन्साका ५२ वर्षिय कामी तामाङको आफ्नै भाइको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कायाृलय नुवाकोटले जनाएको छ । आफ्नै भाई ५१ वर्षिय सेलबहादुर तमाङले यहि फागुन २३ गते वेलुकी खाना खाने समयमा दाजुलाई लठ्ठीले टाउकोमा हानेर गम्भिर घाईते बनाएकोमा उपचारको क्रममा अस्पतालमा ज्यान गएको प्रहरी निरीक्षक हरिवोल केसीले जानकारी दिए ।

भाइको आक्रमणवाट गम्भिर घाईते भएका तामाङको काठमाडौस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको केसीले जानकारी दिए । कुटपिटमा संलग्न भाई सेलवहादुरलाई पक्राउ गरि हिरासतमा राखिएको नुवाकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दाजुले खाना खानका लागि भाई सेलवहादुरलाई वोलाउंदा उनले एक्कासी लट्टिले दाजुको टाउकोमा प्रहार गरेका थिए । दाजुलाई कुटेर गम्भिर घाईते बनाएपछि सेलबहादुर तत्काल फरार भएका थिए । उनलाई किस्पाङ २ बाट पक्राउ गरि हिरासतमा राखिएको हो ।












































