विद्यार्थीहरुलाई वित्तिय साक्षरता

– वैंकिङ कारोवार सम्वन्धि अभिमुखिकरण
लोकखबर
२०८२ चैत्र २, सोमबार २३:३८

बिदुर – नुवाकोटको त्रिशूलीमा विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरुले वैकिङ गतिविधि सम्वन्धि जानकारी प्राप्त गरेका छन् ।

बिदुर नपा १ स्थित त्रिशूलीवजारमा रहेको त्रिभुवन त्रिशूली माविको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई वैंकिङ गतिविधिहरु वचत, ऋण, आधुनिक प्रविधि डिजिटल वैंकिङ, रेमिटेन्स, वित्तिय सुरक्षा, कारोवारका सम्वन्धमा जानकारी गराइएको आयोजक प्रभु बैंक लिमिटेड वट्टार शाखाका प्रवन्धक सुवर्णराज कडेलको भनाई छ । उनका अनुसार ग्लोवल मनि विक अन्र्तगत उक्त कार्यक्रम गरिएको हो ।

उक्त वित्तीय साक्षरता सम्बन्धि कार्यक्रममा वैंकका अधिकारी तथा विद्यार्थीहरुवीच वैकिङ सम्वन्धि अन्र्तक्रियासमेत गरिएको छ । कार्यक्रममा डिजिटल प्रविधिमार्फत प्रभावकारी कार्य भइरहेकोमा जोड दिइएको छ ।


सर्वाधिक रुचाइएको