दुर्घटनामा दुई घाइते

– त्रिशूली अस्पतालमा उपचार
लोकखबर
२०८२ चैत्र ५, बिहीबार ००:२४

बिदुर – त्रिदेशिय सडकमार्गअन्र्तगत नुवाकोटको पिपलटारमा मोटरसाइकल दुर्घटना भएको छ । दुई वटा मोटारसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जना घाइते भएका छन् । वीरगन्ज–गल्छी–देवीघाट–त्रिदुर–रसुवागढी सडकमार्गको वचिमा रहेको बिदुर नगरपालिका ५ स्थित नुवाकोटको पिपलटारमा वुधवार वेलुकी दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जना घाइते भएकोजिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएकको छ ।

दुर्घटनामा दुवै मोटरसाइकल चालक घाइते भएका हुन् । दुर्घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरि घाइतेहरूलाई उपचारका लागि त्रिशूली अस्पताल लगिएको छ । देवीघाटबाट बिदुरतर्फ आउदै गरेको बा९७प ३०८७ नम्बरको मोटरसाईकल र विपरित दिशातर्फ जादै गरेको बाप्र ३–००३प४६६४ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी निरीक्षक वीरवहादुर वलायरले जानकारी दिए ।

 

दुर्घटनामा मोटरसाईकल चालक नुवाकोटको बेलकोटगढी नपा ११ तिगाँउका २७ वर्षिय शुभलाल तामाङ र अर्का मोटरसाईकल चालक नुवाकोटकै बेलकोटगढी नपा ८ बाहुनडाँडाका ४० वर्षिय तारानाथ पुडासैनी घाइते भएको वलायरले वताए । प्रहरीले घटनाको सम्वन्धमा थप अनुसन्धिान भइरहेको जनाएको छ ।


सर्वाधिक रुचाइएको