८२ वर्षिय वृद्ध मृत भेटिए
– अनुसन्धान कार्य जारी
बिदुर- नुवाकोटको पुर्वी भेगमा रहेको सातविसेका एक जना वयोवृद्ध मृत भेटिएका छन् । स्थानीय ८२ वर्षिय वयोवृद्ध घर पछाडि मृत अवस्थामा फेला परेका हुन् ।
बिदुरदेखि ३५ किलोमिटर उत्तरमा रहेको तादी गाउँपालिका–४ सातबिसेका ८२ बर्षिय वयोवृद्ध जीतबहादुर पाण्डे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पाण्डेलाई आफ्नै घर पछाडि बारीमा रहेको अम्बाको रुखमा पटुकामा झुण्डी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
८२ वर्षिय वृद्धले आत्महत्या गर्नुका कारण खोजी भइरहेको जनाइएको छ । विशेष रुपमा घटनास्थल मुचुल्कासहित यस सम्वन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।











































