रक्तकाली मन्दिरमा बत्ति तथा घण्टी
– मन्दिर आकर्षक वन्दै
बिदुर- धार्मिक पर्यटकिय गनतव्य वन्दै गइरहेको नुवाकोटको माझिटारस्थित रक्तकाली मन्दिरमा वत्ति, घण्टीलगायतका संरचना राखिएको छ । उक्त मन्दिरमा प्रत्येक वषृ घाटु नांच हुदै आइरहेको छ ।

बिदुर नपा ५ माझिटारमा रहेको रक्तकाली मन्दिरमा पोल बत्तिहर राखिएको छ । बिदुर नपा कार्यालय विदुर ५ को वडा कार्यालयमार्फत २२ वटा पोल वत्ति राखिएको छ । बिदुर नपाका मेयर राजन श्रेष्ठ । वडाध्यक्ष लीलानाथ न्यौपानेको पहलमा मन्दिर परिसरमा पोल वत्ति जडान गरिएको हो ।

यसका साथै रक्तकाली मन्दिरमा २ थान ठुलो घण्टी, मन्दिरलगायत चौतारा, बालमा रँगरोगन कार्य गरिएको छ । बिदुर नपा ५ माझिटारकी युवा अगुवा प्रतिमा अर्यालले घण्टी तथा रंगरोगन उपलव्ध गराएको मन्दिर समितिले जनाएको छ ।



















































