महिलाहरुलाई सिप विकास कार्यक्रम

– बाटेको धुप वनाउन सिके
लोकखबर
२०८२ चैत्र १८, बुधबार ००:४१

बिदुर – नुवाकोटको बेलकोटगढी नगरपालिकामा महिलाहरुलाई सिप विकास कार्यक्रम सनचालन गरिएको छ । महिलाहरुको लागि बाटेको धुप वनाउने तालिम प्रदान गरिएको हो ।

गाउंका महिलाहरुलाई आयआर्जन, क्षमता बढाउने र व्यवसायिक बनाउने उद्धेश्यसहित वेलकोटगढी नपा २ चिनीयाखर्कमा सन्चालित ७ दिने बाटेको धुप बनाउने सीप तालिमको सम्पन्न भएको छ । बेलकोटगढी नपाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको सो तालिमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै वेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले समापन गरे ।

उनले यस कार्यक्रममार्फत महिलाहरुले घरमै बसेर घरको काम सकेर बचेको समयको सदुपयोग गरि आर्थिक रुपमा अगाडि बढ्नको लागित्त मद्धत पुग्ने बिश्वास रहेको वताए । उनले सिपलाई व्यवहारमा उतारेमात्र प्रशिक्षणको महत्व हुने वताए ।

महिलाहरुले उत्पादन गरेको बाटेको धुपको बजारको लागि वेलकोटगढी नपाले व्यवस्थापन गरिरहेको छ । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय महिला, सर्वसाधारणलगायतको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको