रसुवागढीवाट चांदीसहित चिनीया नागरिक पक्राउ

– कारवाहीका लागि भन्सारमा
लोकखबर
२०८२ चैत्र १९, बिहीबार ०१:३६

बिदुर – चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाकावाट चांदीका विस्कुटसहित चिनीया नागरिक पक्राउ परेका छन् । कारवाहीका लागि भन्सारमा वुझाइएको छ ।
गोसाइकुण्ड गापा २ रसुवागढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रसुवामा १ हजार ६ सय ७३ दशमलव ३२० ग्राम चाँदीसहित एक जना चिनियाँ नागरिक पक्राउ गरि वुधवार कारवाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरे वुझाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

चेकजांचका क्रममा राहदानी इपि१२११९४६ नम्वरका चिनीया नागरिक ह्वाङग विन्चेङ्गलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रमेश रायले जानकारी दिए । रायका अनुसार चीनको केरुङवाट रसुवागढी नाका हुदै नेपाल प्रवेश गरेका ति चिनीया नागरिकको सुटकेश चेकजांच गर्ने क्रममा चार टुक्रा चांदीको विस्कुट फेला परेको हो । पैदलका क्रममा चेकजांच गर्दा ति चिनीया नागरिकको सुटकेशमा फेला परेको वस्तु परिक्षणका क्रममा कुल ६ लाख ९५ हजार ९७ रुपैया मुल्य वरावरको १ हजार ६ सय ७३ दशलव ३२० ग्राम चाँदी रहेको प्रमाणित भएको प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको