किस्पाङको १७ औं अधिवेसन

– विभिन्न ऐन संशोधनसहित पारित
लोकखबर
२०८२ चैत्र १९, बिहीबार २३:१०

बिदुर  किस्पाङ गाउँपालिका नुवाकोटले गाउँ सभा सम्पन्न गरेको छ । किस्पाङ गापा कार्यालय काहुलेको सभाहलमा १७ औँ अधिवेशन सम्पन्न भएको हो ।


सभाध्यक्ष तथा गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेद्वारा प्रस्तुत विभिन्न प्रस्ताव अधिवेसनले पारित गरेको छ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्य सम्वन्धमा व्यवस्था गर्न वनेको ऐन, किस्पाङ वहुप्राविधि शिक्षालय सन्चालन २०८० को पहिलो संशोधन, किस्पाङ गापा आर्थिक ऐन २०८२ संशोधन, कार्यक्रम संशोधन तथा वजेट रकमान्तरसहित अन्य नियमित गापाको निर्णयहरु पारित भएको किस्पाङ गापाले जनाएको छ ।

गाउं सभाको अधिवेसनले गरेका निर्णयहरु गापाको कार्य सम्पादन तथा विकास निर्माणमा सार्थकता पाउने सभाध्यक्ष तथा गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले वताए । अधिवेसनमा सभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत केदारप्रसाद खतिवडा, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सभा सदस्यहरुको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको