बिदुर नपाद्वारा सडक निर्माण

– स्थलगत अनुगमन
लोकखबर
२०८२ चैत्र १९, बिहीबार २३:२८

बिदुर – सर्वसाधारणको सुविधाका लागि नुवाकोटको ठुलोगाउ–माझगाउ सडक निर्माण गरिएको छ । विदुर नगरपालिकाले चालु आर्थिक वर्षको योजना अन्र्तगत उक्त स्थानमा सडक निर्माण तथा स्तरोन्नती गरेको हो ।

बिदुर नपा ५ ठुलोगाउ माझगाउ हुदै मनकामना पुग्ने सडक निर्माण, पुर्ननिर्माण तथा स्तरोन्नती गरिएको हो । उक्त सडकको विदुर नपाका मेयर राजन श्रेष्ठले स्थललगत रुपमा निरीक्षण गरे ।

उक्त सडक कुल दुई करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । जसमध्ये विदुर नगरपालिकाको ७० प्रतिशत र संघीय सरकारको ३० प्रतिशत साझेदारी लागत रहेको छ ।

मेयर श्रेष्ठले निर्माणमा गुणस्तरियता र प्रभावकारीताको आवस्यकता रहेको वताए । उक्त सडकको निरिक्षणको क्रममा उपमेयर प्रभा बोगटी, बिदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेलगायत सहित स्थानीय उपभोक्ता, सरोकारवाला तथा सर्वसाधारण रहेका थिए ।


सर्वाधिक रुचाइएको