७२ वर्षिय वृद्ध मृत भेटिए
– अनुसन्धान भइरहेको
बिदुर – नुवाकोटको रानीस्वारामा ७२ वर्षीय वृद्ध मृत भेटिएका छन् । प्रहरीले घटनाको विशेष अनुसन्धान गरिरहेको छ । बिदुर नगरपालिका–१३ रानिस्वाराका ७२ वर्षिय मीनबहादुर शाही घर नजिकै टांकीको रुखमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घरबाट एकसय मिटर दुरीमा पुर्वतर्फ रहेको टाँकीको रुखमा मृत अवस्थामा झुण्डिरहेको फेला परेको प्रहरीको भनाई छ । घटनास्थल मुचुल्कासहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । वृद्ध मृत भेटिएपछि प्रहरीले विशेष रुपमा अनुसन्धान सुरु गरेको छ ।











































