मन्दिरलाई आर्थिक सहयोग

– एकमुष्ठ नगद प्रदान
लोकखबर
२०८३ बैशाख ५, शनिबार १६:०८

बिदुर – नुवाकोटको इनारपाटीस्थित मन्दिर परिसरमा निर्माणाधिन सभाहल तथा मन्दिरको संरचनाको स्तरोन्नतीका लागि विभिन्न व्यक्तिहरुवाट आर्थिक सहयोग प्राप्त भएको छ । यसवाट मन्दिरमा विकासले गति लिने जनाइएको छ । बिदुर नगरपालिका ६ इनारपाटीस्थित श्रीकृष्ण प्रणामि मन्दिर परिसरमा बन्दै गरेको सभाहलका साथै मन्दिर स्तरोन्तीका लागि विभिन्न व्यक्तिहरुले प्रत्यक्ष तथा क्युआरमार्फत मन्दिरका लागि रकम पठाउने कार्य भइरहेको मन्दिर संरक्षण समितिले जनाएको छ ।

मन्दिरका लागि स्थानीयवासी तथा हाल हाल अस्ट्रेलिया वसोवास गर्दै आएका नम्रता र नबीना आचार्यबाट एकमुष्ठ ६१ हजार नौसय रुपैया सहयोग प्राप्त भएको मन्दिरका अगुवाम दीपक मुडवरीले वताए । साथै मन्दिर परिसरमा निर्माणाधिन सभाहल तथा मन्दिरको संरचनाको स्तरोन्नतीका लागि सहयोगी दाता सिर्जना मल्ल र प्रकाश खातीक्षेत्रि बाट एकमुष्ठ ५१ हजार एकसय ५५ रुपैया तथा स्थानीय अगुवा बलराम आचार्य र ईन्दावति आचार्यले नगद ५० हजार एकसय रुपैया प्रदान गरेको मन्दिर संरक्षण समितिले जनाएको छ ।

साथै मन्दिर परिसरमा निर्माणाधिन सभाहल तथा मन्दिरको संरचनाको स्तरोन्नतीका लागि भैरबप्रसाद धितालबाट २० हजार, भद्रबहादुर सडौलाकेसीले १६ हजार पाचसय १० रुपैया प्रदान गरेको समितिले जनाएको छ । उक्त मन्दिर नुवाकोटको पुरानो श्रीकृष्ण प्रणामि मन्दिर हो ।


सर्वाधिक रुचाइएको