ट्रिपर व्यवसायी आन्दोलित

– वार्ताका लागि प्रशासनमा वोलाइयो
लोकखबर
२०८३ बैशाख १९, शनिबार २३:४८

बिदुर – नुवाकोटबाट काठमाडौं प्रवेशका लागि छोटो दुरीको छहरे–टोखा सडकखण्डमा दिउंसोको समयमा ट्रिपर सन्चालनमा रोक लगाइएपछि ट्रिपर व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले सडकमार्ग वन्दलगायतका कार्यक्रम गरेका छन् । जिल्ला प्रशासन कार्यालयले जनगुनासो आएपछि दिउंसोको समयमा १२ घण्टा ट्रिपर सन्चालन गर्न नपाउने निर्णय गरेको थियो ।

उक्त निर्णयको विरोध गर्दै ट्रिपर व्यवसायीहरु आन्दोलित भएका हुन् । सडकमार्ग नै वन्द गरेपछि सोमबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा ट्रिपर ब्यवसायीलाई वोलाइएको छ । जिल्ला प्रसासन कार्यालय र ट्रिपर व्यवसायीबीच छलफल हुने सहमति भएपछि गंगटे–छहरे–टोखा सडकमार्ग अन्र्तगत छहरेमा ट्रिपर व्यवसायीले गरेको वन्द खुलेको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले छहरे–टोखा सडकखण्ड साँघुरो हुनुका साथै दुर्घटना वृद्धि भएको र जनगुनासो बढ्दै गएको कारण राती सात वजेदेखि विहान सात वजेसम्म मात्र ट्रिपर सन्चालन गर्न पाउने निर्णय गरिएकोमा दिउंसोसमेत सामान वोकेको ट्रिपर सन्चालन गर्न पाउनु पर्ने ट्रिपर वयवसायीहरुको माग रहेको छ । दुर्घटना तथा असुरक्षित यात्रा नियन्त्रणका लागि उक्त निर्णय गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको यहि वैशाख १७ गते विहीवार विदुरमा सम्पन्न वैठकले छहरे–टोखा सडकमार्गको छहरे–गुर्जे–शिवपुरी र शेरावगरवाट गुर्जे हुदै काठमाडौ जाने् ट्रिपर राती १२ घण्टा मात्र सन्चालन गर्न पाउने निर्णय गरेको थियो । यस निर्णयले ट्रिपर सञ्चालन समय निर्धारण गर्दै नुवाकोटवाट काठमाडौं जाने र आउने मालवाहक ट्रिपरलाई प्रत्येक दिन बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको प्रहरी नायव उपरिक्षक विक्रम लामाको भनाई छ । यसवाट दुर्घटनाको जोखिम र सवारी साधनको चाप न्युनीकरणमा मद्धत पुगेको उनले वताए । यद्यपि, ट्रिपर व्यवसायीहरु भने जिल्ला सुरक्षा समितिको उक्त निर्णय अहिलेको समयमा उचित नभएको वताउंछन् ।


सर्वाधिक रुचाइएको