एक वडा एक उत्पादन कार्यक्रम

– साझेदारीमा कफी उत्पादन गरिने
लोकखबर
२०८३ बैशाख २३, बुधबार ००:१४

बिदुर – नुवाकोटको कुमरीमा एक वडा एक उत्पादन कार्यक्रम सन्चालन गरिएको छ । साझेदारीमा कफीको उत्पादनका लागि कार्यक्रम सन्चालन गरिएको हो । उच्च पहाडि र मध्ये पहाडी भुगागमा उत्पादन हुने र नगदे बाली मध्येको महत्वपूर्ण कृषि उत्पादन कफिका लागि बेलकोटगढी नगरपालिका २ मा कफी प्रवद्धृन कार्यक्रम सन्चालन भएको छ ।

यसका लागि सरोकारवाला निकायवीच सम्झौतासमेत सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको ३० लाख, बेलकोटगढी नपाको १० लाख र कृषक समूहको १० लाख गरि कुल ५० लाख रुपैयाको लागतमा एक वडा एक उत्पादन कार्यक्रमको सुरुवात भएको हो । बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङ, उपमेयर शिवप्रसाद दाहाल, जिल्ला कृषि विकास कार्यालयको कर्मचारी, वेलकोटगढीकोे कृषि शाखालगायत कफि उत्पादक समूहको उपस्थितिमा सझौता सम्पन्न भएर कार्यक्रम सुरुवात भएको छ ।

यस कार्यक्रमले किसानहरुलाई स्वरोगार, नगदे वालीमा प्रेत्साहन, उत्पादन, बजार प्रवद्र्धन तथा कृषिमा व्यवसायिकताको प्वद्र्धन हुने मेयर जगतवहादुर गुरुङले वताए । वेलकोटगढी नुवाकोटको विभिन्न अन्न तथा तरकारी, फलफुल वालीे उत्पादन हुने स्थान हो ।


सर्वाधिक रुचाइएको