बिदुरका विभिन्न पसल अनुगमन

– अखाद्य वस्तु नियन्त्रण गरि नष्ट, मापदण्ड पुरा गर्न निर्देशन
लोकखबर
२०८३ असार १४, आईतवार ०३:०१

बिदुर – बजारमा गुणस्तरहिन वस्तुको विक्रि वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा छड्के वजार अनुगमन गरिएको छ । अनुमगमनका क्रममा दर्ता नै नगरी पसल वयवसाय सन्चालन गरिएको पाइएको छ । संयुक्त वजार अनुगमन टोलीले नुवाकोटको विदुर नगरपालिका १० वेत्रावतिबजारमा रहेको विभिन्न प्रकृतिका १२ वटा पसलहरुको एकैपटक छड्के अनुगमन गरेको हो ।

एकैपटक ४ वटा उद्योग फर्म र आठओटा वाणिज्य फर्महरुको अनुगमन कार्य गरिएको हो । एकै दिन १२ वटा विभिन्न पसल व्यवसाय अनुगमन गरिएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ । सरोकारवालासहितको संयुक्त वजार अनुगमन टोलीले उद्योग तथा वाणिज्यतर्फका समेत गरि १२ वटा पसलमा अनुगमन गरिएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख सीताराम घिमिरेले जानकारी दिए ।

उनका अनुसार अनुगमनका क्रममा टोलीले मापदण्ड अनुसार पसल व्यवसाय सन्चालन गर्न निर्देशन दिएको छ । अनुगमनमा क्रममा केहि पेय पदार्थलगायतका सामग्रीमा अखाद्य वस्तु फो परेपछि जतफत गरि नष्ट गरिएको छ । उपभोक्तासंग सरोकार राखेका पसलमा मापदण्ड तथा गुणस्तरियताका सम्वन्धमा वजार अनुगमन गरिएको अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष इन्द्रवहादुर पण्डितले वताए । उनका अनुसार अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण, मुल्यसूचि, गुणस्तरियता, लेवल, नापतौल, खाद्यवस्तु खरिद विल र विक्रि विलको निरीक्षण गरिएको हो ।

निरीक्षणको क्रममा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन दिदै, पहिलो पटकलाई सुधार गर्न सुझाव दिदै र केहि व्यवसायीलाई आवस्यक कागजातसहित उद्योग तथा वाणिज्य कार्यालय विदुर, नुवाकोटमा उपस्थित हुन निर्देशन दिइएको कार्यालय प्रमुख सीताराम घिमिरेको भनाई छ । सर्वसाधारणले भने औपचारिकता निभाउन मात्र वजार अनुगमन गर्ने गरेको गुनासो गर्दै महिनै पिच्छे यसलाई निरन्तरता दिन माग गरेका छन् ।

औपचारिकता निभाउन मात्र वजार अनुगमन गर्ने गरिएको जनाउंदै उपभोक्ता तथा सर्वसाधारण आक्रोशित भएका छन् । अन्य वेलामा पनि वजार अनुगमन गर्नु पर्ने उपभोक्ताहरु वताउंछन् । खाद्य वस्तुमा गुणस्तरियताको स्वस्थ्यताको विषयमा उपभोक्ताहरुले उजुरी तथा गुनासो गरिरहेका छन् ।

 

 


सर्वाधिक रुचाइएको