घरमै राहदानी वुझाउन सम्झौता

– जिल्ला प्रशासन र हुलाकवीच सहकार्य
लोकखवर विशेष संवाददाता
२०८३ बैशाख २६, शनिबार ००:०७

बिदुर – सेवाग्राहीको घरमै गएर नेपाली राहदानी वुझाउनका लागि नुवाकोटमा जिल्ला प्रशासन र जिल्ला हुलाक कार्यालयवीच सहकार्य सुरु भएको छ । यस सम्वन्धमा दुवै कार्यालयवीच सम्झौतासमेत गरिएको छ । सम्झौता अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटले राहदानी वनाएका सेवाग्राहीहरुको राहदानी हुलाक सेवामार्फत घरमै राहदानी वितरण गर्ने व्यवस्था सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा शुक्रवार प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको रोहवरमा प्रशासकिय अधिकृत श्याकृष्ण श्रेष्ठ र निमित्त हुलाक अधिकृत गोपालप्रसाद अधिकारीले सम्भmौता गरेका हुन् । राहदानीको फर्म भर्दा नै सेवाग्राहीले घरमै लिने वा कार्यालयमा आफैं आएर लिने दुई प्रकारको विषय उल्लेख गरिएको हुने र घरमै लिने प्रक्रियामा रहेकाहरुको राहदानी हुलाकमार्फत घरमै लगेर वुझाइने कार्यको सम्झौता गरिएको प्रजिअ रेग्मीले वताए ।

उनले नेपाल सरकार मन्त्रिपरिषद्को गत २०८२ साल चैत १३ गतेको बैठकबाट स्वीकृत सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यअनुसार “गभर्मेन्ट कुरियर सर्भिस” का रूपमा हुलाक सेवालाई विकास गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार राहदानी, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजात घरमै पु¥याउने व्यवस्था एकसय दिनभित्र लागू गर्ने निर्णयअनुसार नुवाकोटमा पनि सेवा कार्यान्वयनमा ल्याइएको हो ।

यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला हुलाक कार्यालय नुवाकोटबीच सम्झौता भएको हो । अब राहदानीका लागि आवेदन दिने सेवाग्राहीले आवेदनकै समयमा हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्न चाहेको जानकारी गराई तोकिएको हुलाक शुल्क बुझाउनुपर्नेछ । उनीहरुको राहदानी तोकिएको समयभित्र वनेर हुलाकमार्फत सम्वन्धित व्यक्तिकै घरमा पु¥याइने प्रजिअ रेग्मीको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको जनाएको छ । नुवाकोटमा हाल दैनिक ५० थान राहदानीका लागि आवेदन हुने गरेको छ ।


सर्वाधिक रुचाइएको