एसइइमा अनुत्तिर्ण भएपछि …

– शिवपुरीकी एक किशोरी मृत
लोकखबर
२०८३ बैशाख ३०, बुधबार ००:००

बिदुर– नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरीकी एक किशोरी मृत भेटिएकी छन् । उनले यसै वर्ष एसइई परिक्षा दिएकी थिइन् । शिवपुरी गाउँपालिका–८, चैजु नारायणथान मोक्तान टोलकी १७ की शर्मिला तामाङ मृत भेटिएको वागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तामाङले यसै वर्ष जनज्ञान निकेतन माविवाट एसइई परिक्षा दिएकी थिइन् ।

सो विद्यालयवाट २९ जनाले एसइई परिक्षा दिएकोमा सोमवार आएको नतिजामा उनीसहित चार जना विद्यार्थीहरुको ननग्रेडेड नतिजा आएको शिवपुरी गाउ.पालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार एसइई परिक्षामा एउटा विषयमा अनुत्तिर्ण भएकी तामाङ आफ्नै घरमा आफु सुत्ने कोठामा सलको पासो लगाई झुण्डीएर मृत अवस्थामा फेला परेकी हुन् ।

घटनास्थल मुचुल्कासहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । शव पोष्टमार्टमका लागि त्रिशूली अस्पताल लगिएको छ । एसइईको नतिजामा असफल भएपछि उक्त घटना घटेको अनुमान गरिएको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको