बिदुर नपामा पूर्ण खोप सूनिश्चितता

– मापदण्डभित्रका सवै खोप पुरा
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ बैशाख ३०, बुधबार ००:२६

बिदुर– नुवाकोटको बिदुर नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत बिदुर नपाको बिदुरमा आयोजित कार्यक्रममा समिक्षासहित उक्त घोषणा गरिएको हो । पहाडि संरचना रहेको नुवाकोटको बिदुर नपा चालु आवमा औपचारिक रूपमा “पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्राप्त नपा” भएको हो ।

कार्यक्रममा बिदुर नपाका मेयर राजन श्रेष्ठले नपाको १३ वटै वडामा बालवालिकाहरुले निशिचत अवधिमा लगाउनु पर्ने खोपको मात्रा पुरा गरेको वताए । उनले स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार रहेका कारण यसको सम्वद्र्धन र प्रवद्र्धनका लागि सवै पक्षको हातमालो जरुरी रहेको वताए । जन्मेदेखि १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सम्पुर्ण खोप वालवालिकाहरुलाई प्रदान गरिसकिएको बिदुर नपा स्वास्थ्य शाखाले जनाएको छ ।

जसमा चारसय २८ जना वालवालिकाहरु रहेका छन् । उनीहरुले निर्धारित मापदण्ड अनुसार पूर्ण खोप प्राप्त गर्नुका साथै बाल स्वास्थ्य सुरक्षा, खोप पहुँच र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । यसका साथै १६ देखि २३ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप प्राप्त गरेको प्रमाणित भएपछि बिदुर नपाले पूर्ण खोप सुनिश्चितता र दिगोपनाको मापदण्ड पूरा गरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।

कार्यक्रममा बिदुर नपाका उपमेयर प्रभा वोगटीले नपा भित्रका सवै सरोकारवालाको साथ, समर्थन, समर्थन, खोप पहुँचको विस्तार, सेवा सुधार, तथा स्थानीय सरोकारवालाको भूमिकालाई उजागर गर्दै यस सफलतालाई दीगो सुरक्षित स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा रहेको वताइन् । उनले जन्मेदेखि १५ महिनासम्मका सवै वालवालिकाहरुले लगाउनु पर्ने सम्पुर्ण खोपको मात्रा पुरा गरेको वताइन् । यसका साथै स्थलगत अनुगमनका क्रममा खोप लगाउन छुट भएका वालवालिकाहरुको समेत पहिचान गरि खोपको मात्रा पुरा गरिएको छ ।

कार्यक्रममा सहभागीहरुले खोप सेवा स्थानीयस्तरमै पहुँचको समावेशिता र दिगोपनालाई निरन्तरता दिन सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् । उनीहरुले यसको प्रभावकारीताको निरन्तरता आवस्यक रहेकोसमेत वताए । उक्त कार्यक्रममा खोप सुनिश्चित घोषणामा योगदान पु¥याउने वडाहरूलाई सम्मान गरिएको छ ।

जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सम्मानपत्र प्रदान गरिएको छ । विदुर नपाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पालिकास्तरीय “पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना” घोषणा कार्यक्रम सम्पन्न गरेको हो । नगर खोप समन्वय समितिका संयोजक तथा मेयर राजन श्रेष्ठ ज्यूले विदुर नपाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम भएको घोषणा गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, बिदुर १ का वडाअध्यक्ष लेनिन रञ्जित, ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, ७ का वडाध्यक्ष रबिन्द्र नेपालसहित कार्यपालिका सदस्यहरु, जनस्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जनलगायतले नगरबासीका साथै वालवालिकाहरुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न खोप कार्यक्रम सहित स्वास्थ्य क्षेत्रमा विद्यार्थी दुर्घटना बीमा, आर्थिक रूपमा कमजोरका लागि उपचार सहायतासमेत प्रदान भइरहेको वताए । यसका साथै बिदुर नपावासीलाई निःशुल्क रगत उपलब्ध गराउदै आएको छ ।


सर्वाधिक रुचाइएको