तीन विद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री

– एकिकृत सामुदायिक विकास कार्यक्रम
लोकखवर विशेष संवाददाता
२०८३ बैशाख ३०, बुधबार ००:३२

बिदुर– शैक्षिक विकासका लागि नुवाकोटको तीन विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनप्रति उत्साहित भएका छन् ।

एकीकृत सामुदायिक विकास कार्यक्रममार्फत मजुवा आधारभूत बिद्यालय, गम्बोडाडा आधारभूत बिद्यालय र मंगला माविका ७४ जना  बालबालिकाहरूलाई शैक्ष्ँिक सामग्री वितरण गरिएको व्यवस्थापनमा सक्रिय रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए । उनका अनुसार एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत सञ्चालित “होम कर्नर सहयोग” कार्यक्रम अन्तर्गत उक्त विद्यालयका बालबालिकालाई घरमै अध्ययनका लागि उपयुक्त वातावरण सिर्जना गर्न पढ्ने टेबुल, पुस्तक राख्ने ¥याक, कुशन र किताब लगायत आवश्यक शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

यसका साथै शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा कार्यक्रम सन्चालन गरिएको  अध्यक्ष केसीले वताए । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा रुडेक नेपालको व्यवस्थापनमा उक्त कार्यक्रम सन्चालन भएको हो ।


सर्वाधिक रुचाइएको