प्लाष्टिकरहित झोला वितरण
बिदुर – नुवाकोटको बिदुर नगरपालिका ५ मा प्लाष्ट्रिकरहित झोला वितरण गरिएको छ । उक्त वडालाई लाई प्लास्टिक मुक्त वडा बनाउने उद्देश्यसहित सञ्चालन गरिएको “एक जिल्ला एक वडा प्लास्टिक मुक्त अभियान” अन्तर्गत कपडाको झोला वितरण कार्यक्रम सुरु गरिएको छ । उक्त अभियानको बिदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले वडावासीलाई कपडाको झोला प्रदान गर्दै औपचारिक रुपमा शुभारम्भ गरे ।

उनले यस अभियानले गाउं टोलको सुन्दरता तथा पर्यटकिय स्थलको प्रवद्र्धन हुने वताए । बिदुर ५ वडा कार्यालय, स्थानीय सामाजिक संघसंस्था, पिपलटार लामिवगैचा युवा क्लब, विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्तित्व, शिक्षाप्रेमी, बुद्धिजीवी तथा स्थानीयहरु सक्रिय सहभागितामा उक्त अभियान सन्चालन गरिएको हो ।अभियानअन्तर्गत प्लास्टिकजन्य तथा अन्य फोहोरको संकलन र उचित व्यवस्थापन गर्ने उद्देश्य राखिएको वडा क्लवका अध्यक्ष सुजन गजुरेलले जानकारी दिए ।

सोही अवसरमा लामिबगैचा सामाजिक युवा क्लबको अगुवाइमा पहिलो चरणमा एकसय घरधुरीलाई कपडाको झोलाका साथै फोहोर संकलन सदस्यता कार्ड वितरण गरिएको हो । उक्त सामुदायिक अभियानलाई बिदुर नपा कार्यालय तथा डिभिजन वन कार्यालयले साथ दिएको छ । वडा कार्यालयले आगामी दिनमा पनि स्थानीयवासीको सहकार्यमा प्लास्टिकमुक्त वडा निर्माण अभियानलाई थप प्रभावकारी बनाइने मेयर राजन श्रेष्ठको भनाई छ ।

उनले अभियानलाई निरन्तरता दिन सरोकारवालालाई आग्रह गरे । प्लाष्ट्रिक नियन्त्रण अभियान महत्वपुर्ण रहेको र स्थानीयवासी, विदुर नपा तथा वडा कार्यालयको अभियानमा सहभागितामुलक रुपमा साझेदारी गरिएको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख प्रदीपनाथ शर्माको भनाई छ । उक्त अभियानलाई अन्य स्थानमासमेत लगिने शर्माको भनाई छ ।




















































