काव्य म्युजिक अवार्डको पांचौं संस्करण

– पोखरेल, थापा, देउजा र खड्कालाई स्व. सुनील थापा स्मृति सम्मान
लोकखवर मनोरन्जन संवाददाता
२०८३ जेष्ठ २६, मंगलवार १३:११

बिदुर – गीत, संगीतको प्रवद्र्धन र नेपाली मौलिकतामा जोड दिदै पांचौं काव्य म्युुजिक अवार्ड सम्पन्न भएको छ । नेपालको कला र सस्कृतीलाई अन्र्तराष्ट्रियकरण गर्ने उद्धेश्यले सन्चालित उक्त अवार्डको पांचौ संस्करणमा गीत, संगीत क्षेत्रका व्यक्तिहरु सम्मानित भएका छन् । काव्य म्युजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसको संयुक्त प्रस्तुती रहेको पांचौ काव्य म्युजिक अवार्डका अवसरमा चार जना विशिष्ट कलाकारहरुलाई बरिष्ठ चलचित्रकर्मी सुनील थापाको सम्झना काव्य चलचित्र खलनायक सम्मान प्रदान गरिएको छ ।

सुशील पोखरेल, मुकुन्द थापा, बिजय देउजा र उमेश खड्कालाई आयोजकले उक्त सम्मान प्रदान गरेको हो । कार्यक्रममा विभिन विद्यातर्फ ४० जनालाई अवार्ड प्रदान गरिएको छ । १० जना जनप्रतिनिधिलाई सम्मान, सात वटा सामाजिक तथा संस्थागत सम्मान र २७ जनालाई कला सम्मान प्रदान गरिएको अवार्ड समितिका संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा सम्मानित वरिष्ठ चलचित्रकर्मी सुशील पोखरेलले स्व. सुनील थापाको स्मृतिमा सम्मानको सुरुवात हुनु खुसीको विषय भएको बताए । उनले स्व. कलाकार थापासंग आफुले काम गर्दाको स्मरण सुनाउंदै सहयोगी, सरल, अभिनयका खानी स्व. थापा कलाकारिताको एउटा युनिभर्षिटी नै रहेको वताए । चलचित्र बिकास बोर्डको हलमा सम्पन्न अवार्ड कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेशका सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुरेश श्रेष्ठ रहेका थिए ।

चलचित्र जगतको हस्तीहरु सुशील पोखरेल, मुकुन्द थापा, बिजय देउजा, उमेश खड्का, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय महासचिब बिनोद ढकाललगायतले कलाकार तथा गायक गायिकाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरे । यसका साथै भण्डारी सेवा समाजका अध्यक्ष बीरबहादुर भन्डारी, ॐ दिब्य मातृभुमी नेपालका उपाध्यक्ष शशिकुमार सिहठकुरी, नाट्यकर्मी राजन भुजेल, दिलेन्द्रप्रसाद ढकाल, बालकृष्ण माझी, लाक्पा शेर्पा, बरिष्ठ गायक भोजराज काफ्लेलगायत रहेका थिए ।

अवार्डको आयोजक टिममा सुजिता आचार्य, टपिन्द्र केसी, सिन्धु पौडेल, सावित्री केसी, जमुना आचार्य, शिशिर बुडाथोकी, राजु बोहरा, शिबराम भण्डारी, असिमकुमार कटुवाल, रमेश श्रेष्ठ, उत्तम पौडेल, बिष्णु तामाङ्ग, रामकुमार पौडेल, रामशरण आले रहेका थिए । अवार्डको जुरी सदस्यहरुमा दिवाकर भण्डारी (सापटेकाका) चिफ जुरी, बिनोद बम निरुता खत्री, उमेश ठगुन्ना, साजन पराजुली, सिर्जन पुन रहेका थिए । काव्य म्युजिक अवार्डको सिल अनावरण गर्दै सुरु भएको कार्यक्रममा  आकर्षक गीत, संगति र नृत्यसमेत गरिएको थियो ।

कार्यक्रममा बालकलाकार विशेषता महर्जनद्वारा प्रस्तुत स्वागत नृत्य आकर्षक रहेको थियो । यसका साथै कार्यक्रममा डिजराज पौडेल र आशा लामा ज्ञानमालाले आफ्नै गित तिनपानेको झोल गाएर उपस्थित सबैलाइ मरोरन्जन गराएका थिए । अवार्डका बीचमा नितु सिङ्गठकुरी र अनु ठाकुरले मनमोहक र आकर्षक नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई निकै मनोरन्जन प्रदान गरेका थिए ।

काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजीता आचार्यको सभापतित्वमा भएको कार्यक्रममा गोकर्णेस्वर नगरपालिका, चागुनारायण नपा, मध्यपुर ठिमी नपा, टोखा नपा, बुढाानिकण्ठ नपा, शिबपुरी गाउपालिका नुवाकोट, सुटमाला लगायतले आर्थिक गरेको गरेको थियो । अवार्डका अवसरमा सम्मान पाउनेहरुमा जनप्रतिनिधि सम्मानबाट गोकेर्णेस्वर नपाका मेयर दीपककुमार रिसाल, मध्यपुर ठिमी नपााक मेयर सुरेन्द्र श्रेष्ठ, चागुनारायण नपाका उपमेयर रमेश बुढाथोकी तथा बिष्नुलाल श्रेष्ठ र रबिकुमार श्रेष्ठलाई गरिएको थियो ।

सस्थागत एबम समाजसेवी सम्मान आँसु स्मृति प्रठिष्ठान रुपेश काफ्ले, अष्ट कबे दिलेन्द्रप्रशाद ढकाल, बालज्योती पाठसाला शशिकुमार सिहठकुरी, ॐ दिब्य मातृभुमि नेपाल राजन भुजेल, बिपिन दाहाल, राजन अधिकारी, भण्डारी सेवा समाजबाट वीरबहादुर भण्डारी लगायतलाई गरिएको थियो । सन्चारकर्मी सम्मानतर्फ राष्ट्रिय लोक सन्चारकर्मी नेपाल उपत्यका समन्य समितिलाई सस्थागत सम्मान, अरबिन्द्र गौतम संचारकर्मी सम्मान, दिनेश भण्डारी सन्चारकर्मी सम्मान गरिएको थियो । यसका साथै बिजेन्द्र नौबागे काव्य कला दशक सम्मान, विशेषता महर्जन बाल कला सम्मान, कला सम्मानमा बिमला सुनार, अम्बिका ढकाल, आशा लामा ज्ञानमाला, शुभद्रा भुजेल, समिक्षा पौडेल, पम्फा कडेल, दिनेश परियार, पेमा शेर्पा चटौत, निमेष दाहाल, नितु सिहठकुरी, मन्जली तामाङ्ग, नरेश बिबिसी, लीलाराज बानिया, मदन सुफिक्स, खमेश श्रेष्ठ र लक्ष्मी जोशी रहेका छन् ।

अन्य सम्मानितहरुमा गोबिन्द शोनी, कल्पना पराजुली, देबी खवास, पवन मधुश्री, सुस्मिता चौलागाई, कुमार भण्डारी, हरि थापा, भीमसेन दाहाल, सिर्जना गजमेर, कबिता राउत, बिक्रम कोजु, गितकार सम्मान सामना साह रहेका छन् । उक्त कार्यक्रममा अवार्ड प्राप्त गर्नेहरुमा सर्बोकृस्ट म्युजिक भिडियो निर्देशक पुजा ठकुरी मायालुको सिउदो, सर्बोकृष्ट नव गायक किशोर सेन्चुरी, सर्बोकृष्ट नव गायक जुरी नन्दलाल श्रेष्ठ मोबाइलको कमाल, सर्बोकृष्ट लाइभदोहोरी गायिका रेखा महर्जनबस्नेत, नव मोडेल पुरुष राजेश सापकोटा सात गाउं, टेलिफिल्म कलाकार देबचन्द्र भट्ट मेरी बास्सै, गङ्गाराम घिमिर सर्बोकृस्ट लोकदोहोरी गित जुरि अवार्ड बाढेर बीस पिउलालगायत रहेका छन् ।

यसका साथै प्रमिला राई सर्बोकृस्ट पुर्बेली गायिका अवार्ड हलेसी घुमेर, सुन्दर आर्डी सर्बोकष्ट काठे गित जुरि अवार्ड माया गर्छु भनेर, माधब बस्नेत मौलिक गायक हितको परान, भीमसेन श्रेष्ठ सर्बोकृस्ट काठे गायक जवानी लुटपाट भो, आकृती हुमागाइ सर्बोकृष्ट काठे गायिका जुरि अवार्ड अर्धपागल, सावित्री गौतम सर्बोकृष्ट गायिका काठे जवानी लुटपाट भो, अमृत आचार्य माइला गुरु सर्बोकृष्ट लोक तथा दोहोरी गायक बिगत सम्झी, पुकारबिक्रम थापा सर्बोकृष्ट नवमोडल जुरि मत पलास रहेका छन् ।अवार्डतर्फ दिपेन्द्र सोनाम सर्बोकृस्ट मोडल पुरुष पातली, प्रतिमा केसी सर्बोकृस्ट गायिका फुलसंग बासना, अशोककुमार सापकोटा सर्बोकृष्ट शब्द पातली, सरला तिमिल्सिना सर्वोकृष्ट शब्द लोकदोहोरी पसिमे, सन्जय चन्द सर्बोकष्ट छायाकार जुरि मोर्डन सङ्ग हिसाब देउ, उमेशबहादुर साह सर्बोकृष्ट छायांकन जुरि आइदेउन, रामकृष्ण कडेल सर्बोकृष्ट छायाकार कालोचस्मा २, लाबोनी चक्रवती सर्बोकृष्ट आधुनिक गायिका कहिले देखे, डिजराज पौडेल सर्बोकृष्ट गायक लोक आधुनिक सङ्ग तिनपानेको झोल रहेका छन् ।

यसका साथै अन्य अवार्डहरुमा राज बराइली सर्बोकृष्ट लय हेरनमाया, एलिया सुनुवार सर्बोकृष्ट आधुनिक गित सङ्गितकार कहिले देखे, शिबराज गौतम युगल सङ्गितकार लाखौ चोट, सदाबहार गायक रामहरि भण्डारी गोल्डेनको सारी, सदाबहार गायिका पार्बती कार्की तारा सङ्ग दाजौ कि जुन सङ्ग, सर्बोकृष्ट आधुनिक गित सङ्गितकार जुरि ज्ञानेन्द्र गिरी आउ बाचा गरुम, सर्बोकृष्ट शब्द जुरि शरण हुमागाइ मेरो माया बुझेनन कसैलेले पाएका छन् । यस्तै अवार्ड जित्नेहरुमा सर्बोकृष्ट लोकदोहोरी मोडल महिला जुरि मेरै भुल थियो, पब्लिक च्वाइस लक्ष्मी दर्नाल, सर्बोकृष्ट म्युजिक भिडियो निर्देशक जुरि सुरज खनाल दुखी मान्छे, सर्बोकृष्ट मोर्डन सङ्ग अफ द एयर जुरि सिजम सिन्जालि आमा हजुरलाइ, सर्बोकृस्ट मोडल महिला सुस्मा रुपाखेती सर्बोत्कृष्ट मोडल महिला जुरि सपना डङ्गोल, पपुलर अफ द एयर घमेश दुलाल जवानीमा बिताको पल मीठो, गोलाप्रथाबाट बिजेता दिपेन्द्र कठायत, उत्तम पौडेल, पुजा ठाकुरलगायत रहेका छन् । गीत, संगीत र कलाको संरक्षण, सम्वद्र्धना तथा प्रवद्र्धनका लागि उक्त कार्यक्रम गरिएको र यसलाई निरन्तरता दिइने अवार्ड समितिका संयोजक रमेश श्रेष्ठले वताए ।


सर्वाधिक रुचाइएको