पिउने पानीको लागि सामग्री

– बिदुर नपाले दियो संस्थालाई पाइप
लोकखबर
२०८३ भाद्र २९, सोमबार १७:१४

बिदुर – बाढीले नुवाकोटमा पिउने पानीका संरचनासमेत ध्वस्त पारेपछि त्यसको मर्मत तथा पुर्ननिर्माण सुरु गरिएको छ । पाएप जडान कार्य गरिएको छ । विदुर नगरपालिकाको सहजिकरणमा विदुर नपां २ र ४ स्थित विदुरमा खानेपानी समस्या समाधानको लागी आवश्यक पाइपहरु विदुर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थालाई उपलब्ध गराइएको छ ।

विदुरबासीलाई खानेपानी वितरण गर्न देखिएको समस्यालाई समाधानको लागी आवश्यक रहेको ६३ एमएमको पाइप एकहजार आठसय मिटर र ५० एमएमको २ हजार दुईसय मिटर पाइप बिदुर नपाले उपलब्ध गराएसगैँ रिमालडाडा, धोविखोला हुदै विदुर ट्याङ्कीसम्म पानी ल्याएर वितरणको कार्य गरिएको बिदुर नपाका मेयर राजन श्रेष्ठका्े भनाई छ । उनका अनुसार विदुर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले उक्त काम गरि विदुरमा रहेको पानी ट्यांकीमा पानी खसालेको छ ।

उता, विदुर नपाको पहलमा सलाखु खोला मुहान गरी सञ्चालनमा रहेको लाहुरे खानेपानीलगायत विभिन्न खानेपानी समितिहरूको मागबमोजिम ६३ एमएमको तीनहजार मिटर पाइप हेलिकप्टरमार्फत पाइप ढुवानी गरी सम्बन्धित स्थान (कोलोनी)मा जडाने कार्य सम्पन्न भएको छ ।


सर्वाधिक रुचाइएको