दिउंसै नगद र गरगहना चोरी
– घरमा कोही नभएको मौकामा घर चोरी
बिदुर – प्रलयकारी बाढीको पीडामा रहेको नुवाकोटको पिपलटारमा वुधवार चोरी भएको छ । बिदुर नगरपालिका ५ लामिबगैचा पिपलटारमा एक व्यक्तिको घरवाट नगद र सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।

स्थानीय तारा घलेको घरबाट साढे ५ तोला सुन र नगद २० हजार चोरी भएको पीडितको भनाई छ । घरमा दिउंसो कोही पनि नभएको बेलामा चोरी भएको घलेले वताए ।
प्रलयकारी बाढीको पीडाकावीच चोरीको घटना हुनाले चोरी न्यूनीकरणका लागि सम्बन्धित निकायले विभिन्न टोलको चोकमा सिसिटिभी क्यामेरा र सुरक्षा निकायले तत्काल विशेष सुरक्षाको प्रबन्ध गर्नुपर्ने स्थानीय सामाजिक युवा हरिशरण गजुरेलको भनाई छ ।












































