बाढी प्रभाबित बालवालिकालाई सहयोग
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेको नुवाकोटका बालबालबालिकाको शिक्षामा सहयोग गरिएको छ । वालवालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । गत भदौ १० गते वुधवार विहान १० वजे आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले उनीहरुलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।

विपद्का कारण कुनै पनि बालबालिकाको शिक्षा र भविष्यमा अवरोध नआओस् भन्ने उद्धेश्य र हरेक बालबालिकाले शिक्षाको अवसर र उज्ज्वल भविष्य पाउनुपर्ने विश्वासका साथ उक्त सहयोग गरिएको हो । जापानको हिनोइज लायन्स क्लब, सहित जापानका समाजसेवीहरु मासाकात्सु यागी, यासुमोरो हिटानो, तोसिहिको मितोजा लगायतको विशेष सक्रियतामा ती बालबालिकाहरुलाई सहयोग गरिएको समाजसेवी चिरञ्जीवी दाहालले जानकारी दिए । शैक्षिक सामग्री पाएसंगै वालवालिकाहरु अध्ययनप्रति उत्साहित भएका छन् ।











































