सुर्यगढीले जित्यो मेयर कपको उपाधि

– बिजेता तथा उपविजेतालाई नगद पुरस्कार
लोकखवर खेल संवाददाता
२०८३ कार्तिक २४, सोमबार २१:४३

बिदुर – ग्रामीण भेगमा फुटवल खेलको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको बेलकोटगढीको अर्चलेमा जिल्लास्तरिय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । बिजेता तथा उपविजेता फुटवल टिमलाई नगद पुरस्कार प्रदान गरिएको छ । बेलकोटगढी नगरपालिकामा हरेक वर्ष बडादसैँ तथा दीपावलीको अवसरमा गरिदै आएको सातौँ देउराली अर्चले तथा प्रथम मेयर कप खुल्ला फुटबल प्रतियोगिता–२०८३ सोमवार सम्पन्न भएको छ । प्रतियोगितामा सुर्यगढी युवा क्लव टिम प्रथम भएको छ ।

आयोजक कन्चना देउराली युवा क्लब घरेलु मैदानमा ट्राइवेकरमा तीनका विरुद्ध चार गोलले सुर्यगढी युवा क्लव टिमसंग पराजित भएको हो । बिजेता सुर्यगढीले नगद दुई लाख रुपैयाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेता कन्चना देउरालीले नगद एक लाख रुपैयाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।बेलकोटगढी नपा ६ को अर्चले खेल मैदानमा कन्चना देउराली युवा क्लबको आयोजना र दि मालिका युवा क्लवको सहआयोजनामा सम्पन्न प्रतियोगिताको विजेता तथा उपविजेताहरुलाई बागमती प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री सरल सहयात्री पौडेलले पुरस्कार प्रदान गरेका हुन् ।

उनले खेल जगतवाटै मानवमा सकारात्मक परिवर्तन हुने वताउंदै यसवाटै मानवीय जीवनमा अनुशासन कायम हुने वताए । कार्यक्रममा बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले खेलकुदको विकास र परिवर्तनमा बेलकोटगढी नपाले विभिन्न कार्यक्रमहरु गरिरहेको वताए । उनले खेलकुद गतिविधिवाट विभिन्न खेलाडिहरुको उत्पादन गर्नु प्रतियोगिताको मुल उद्धेश्य रहेको वताए ।

यहि कार्तिक १७ गतेदेखि सन्चालित उक्त प्रतियोगितामा नुवाकोटका विभिन्न २३ फुटवल टिमको सहभागिता रहेको थियो । प्रत्येक वर्ष बडादसैँ तथा दीपावलीको अवसरमा आयोजना हुँदै आएको सो प्रतियोगितामा यस वर्ष पनि सक्रिय फुटबल क्लबहरूको सहभागिता रहेको प्रतियोगिता संयोजक प्रशन्न थिङले जानकारी दिए ।उनका अनुसार प्रतियोगिताले जिल्लाको खेलकुद विकाससँगै स्थानीय स्तरमा फुटबल खेलाडीको प्रतिभा पहिचान र प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । उक्त प्रतियोगिता नुवाकोटको धेरै पुरस्कार राशी रहेको मध्ये एक फुटवल प्रतियोगिता हो ।


सर्वाधिक रुचाइएको