काठमाडौंका ५३ सहित देशभर २२१ प्रहरीमा कोरोना संक्रमण

लोकखबर
२०७७ श्रावण १५, बिहीबार १२:४५

मकवानपुर । काठमाडौंस्थित प्रहरी प्रधान कार्यालय र काठमाडौंमा कार्यरत ५३ प्रहरीसहित देशभर २२१ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

हिजो १५ प्रहरी थपिएसँगै देशभर संक्रमितको संख्या २२१ पुगेको हो । संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ४४, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २८, प्रदेश २ का ३९, गण्डकी प्रदेशका ४७, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् ।

जसमध्ये एक सयजना डिस्चार्ज भएका छन् । संक्रमित प्रहरीमा एसपी एकजना, इन्स्पेक्टर ६, सई ९, असई १३, हवल्दार ६०, प्रहरी जवान १२८ र कार्यालय सहयोगी चारजना छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको