होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु

लोकखबर
२० श्रावण २०७७, मंगलवार १२:१०

मकवानपुर ।बाराबाट आएर होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । बाराबाट आएर खैरेनी ६, चितवन बसेका ती व्यक्तिको घरैमा मृत्यु भएको हो ।

खैरेनी नरगपालिकाका मेयर लालमणि चौधरीका अनुसार क्वारेन्टिन बसेको १४औं दिनमा उनको मृत्यु भएको हो । बाराबाट उनीसँगै अरु पाँचजना पनि आएका थिए । उनीहरु स्थानीय बोरा फ्याक्ट्रीमा काम गर्थे ।

मेयर चौधरीका अनुसार अहिले मृतकसमेत ६ जनाकै स्वाब संकलन गरेर भरतपुर कोभिड अस्पताल लगिएको छ । शव पनि सोही अस्पतालमा राखिएको छ ।

शव दाहसंस्कार कोरोना परीक्षणपछि मात्र हुनेछ । यसअघि गत शुक्रबार क्वारेन्टिन बसेका एक वृद्धको मृत्यु भएको थियो । उनको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको थियो ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*