आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

लोकखबर
२३ श्रावण २०७७, शुक्रबार ११:०३

मकवानपुर । लगातार बढीरहेको सुनको मूल्य आज पनि बढेर नयाँ रेकर्ड बनेको छ ।

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ ।

चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*