रगतको कमि भएपछि रक्तदान

जी . न्यौपाने
२५ श्रावण २०७७, आईतवार १२:३६

मकवनापुर । हेटौंडाको ब्लड बैंकमा रगतको अभाब भए पछि हेटौंडामा रक्तदान कार्यक्रम गरिएको छ । लामो समयसम्मको लकडाउनले गर्दा भइरहेको रक्तदान कार्यक्रम रोकिए पछि ब्लड बैंकमा रगतको कमि हुन गएकोले रक्तदान कार्यक्रम गर्न अनुरोद आए पछि हामिले रक्तदान कार्यक्रम राखेका हौं । कार्यक्रमका आयोजक संस्थाले जनाएको छ । जिल्ला तेक्वान्दो संघ मकवानपुरले आयोजना गरेको शनिबार हेटौंडामा भएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेको जिल्ला तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष लालकजि बज्राचार्यले बताए । अध्यक्ष बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि ब. महतको प्रमुख अतिथ्यता रहेको थियो । मकवानपुर जिल्ला खेलकुद बिकास समितिको प्रांङगणमा गरिएको रक्तदान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नविन सिग्देल , मकवानपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सानु लामा , कार्यलय प्रमुख राजन दाहाल खुशराज लगायतकाको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रम होराइजन अटो प्रा .लि. को संयोजनमा भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*