बैंकका शाखा काउन्टर खुल्ला गर्न निर्देशन

लोकखबर
२३ भाद्र २०७७, मंगलवार १३:२२

मकवानपुर । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ ।
आज मंगलबारदेखि विहीबारसम्म राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
बैंकले विज्ञप्ति जारी गर्दै राजस्व संकलन गर्ने एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*