सुशान्त मृत्यु प्रकरण : ड्रग्स केसमा सारादेखि मुकेश छाब्रासमेत तानिए

लोकखबर
२८ भाद्र २०७७, आईतवार १०:५१

मकवानपुर । ड्रग्सको मामिलामा पक्राउमा परेकी अभिनेत्री रिया चक्रवर्तीले बयानमा आफूसहित बलिउडका ए-लिस्ट सेलिब्रिटीहरूलाई पनि तानेकी छन् ।

टाइम्स नाउको रिपोर्टअनुसार रियाले बयानमा सारा अली खान, रकुलप्रित सिंह, फेसन डिजाइनर सिमाने खम्ब्ट्टा, मुकेश छाब्रा, सुशान्तका पूर्वम्यानेजर रोहिणी अय्यरलगायत बलिउडकर्मीले पनि ड्रग्स सेवन गरेको स्वीकारेका छन् ।

रिपोर्टअनुसार एनसीबीलाई बुझाएको २० पाना लामो बयानमा रियाले उनीहरूको नाम उल्लेख गर्दै उनीहरूले सुशान्त र उनीसँगै बसेर ड्रग्स सेवन गर्ने गरेको स्वीकारेकी छिन् । रियाले गरेको कबुलनामा पछि एनबसीबीले ती सबैको छानबिन गर्नेछ । साथै यसअघिको बयानमा रिया र उनका भाइ सोविकले ड्रग्सको मामलामा नाम लिएका अन्य सेलिब्रिटीसहित जम्मा २५ जना ए-लिस्ट बलिउड सेलिब्रिटीको पनि छानबिन गर्ने बताइएको छ ।

यसैबीच, रियालाई बाइकुला जेल पठाइएको छ । रियालाई आफ्नै छोरीको हत्याको आरोपमा पक्राउमा परेकी इन्द्राणी मुखर्जी नजिकैको खात र पंखा नभएको एकल कोठामा राखिएको छ । शुक्रबार मुम्बईको विशेष अदालतले रिया र उनका भाइ सोविकसहित अन्य चार अभियुक्तको जमानत याचिका खारेज गरेको थियो । रिया २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमै हुनेछिन् । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*