धरानमा विराटनगरका संक्रमितको मृत्यु

लोकखबर
२९ भाद्र २०७७, सोमबार १२:४९

मकवानपुर । धरानको बीपी प्रतिष्ठान धरानमा उपचाररत विराटनगरका अर्का कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर १२ का ७० वर्षीय पुरुषको राति सवा २ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् । भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएपछि ती वृद्धलाई विराटनगरस्थित म्याक्स अस्पतालले धरान रेफर गरेको थियो ।

वृद्धमा ज्वरो, खोकी र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको प्रतिष्ठानले जनाएको छ । विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । संक्रमितको संख्या एक हजार ४७२ पुगेको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*