गण्डकीमा ४७ कोरोना सङ्क्रमित थपि

लोकखबर
३० भाद्र २०७७, मंगलवार १५:४०

मकवानपुर । गण्डकी प्रदेशमा ४७ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।

नयाँ संक्रमित थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २०, स्याङ्जा १२, तनहुँका नौ, कास्की तीन, गोरखा, लमजुङ र मनाङका एकरएकजना रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८ जनाको पीसीआर परीक्षण गरिएकामा ४७ जनामा कोरोना पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ६२६ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने एकको मृत्यु एवं ४४ जनाको पुनः पोजेटिभ देखिएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*