सुनको मूल्य यथावत्, चाँदीको गिरावट

लोकखबर
४ आश्विन २०७७, आईतवार ११:३८

मकवानपुर । नेपाली बजारमा सुनको मूल्य यथावत् छ । बजारमा सुनको मूल्य शुक्रबारकै बराबर कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तथा तेजाबी सुनको मूल्य ९६ हजार ५ सय तोकिएको छ । सुनको मूल्य यथावत् हुँदा चाँदीको मूल्य भने तोलाको १५ रुपैयाँले घटेर १३ सय १५ रुपैयाँ कायम भएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*