विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

लोकखबर
७ आश्विन २०७७, बुधबार १३:०५

मकवानपुर । झापाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

 

भदौ ३ गते उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनको आज बिहान ५:५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

ती वृद्धमा श्वासप्रश्वास, मिर्गौला तथा निमोनियाको समस्या देखिएको राठौरले बताए ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*