नेकपा रुपन्देहीले भन्यो-बुटवललाई नै प्रदेशको राजधानी बनाऊ
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला कमिटीले प्रदेश पाँचको राजधानी दाङ तोक्ने निर्णय अनुपयुक्त भएको निष्कर्ष निकालेको छ ।
नेकपा रुपन्देही जिल्ला कमिटीले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले स्थायी राजधानीका सन्दर्भमा गरेको निर्णयले संविधानको भावना आत्मसात नगरेको निष्कर्ष निकालेको छ ।
कोरोना महामारीको अवस्थामा प्रदेशको नामाकरण र स्थायी मुकाम तोक्ने निर्ण अनुपयुक्त रहेको जिल्ला कमिटीको ठहर पनि छ ।
“संविधानले प्रदेशको राजधानी तोक्दा प्रशासनिक, भूगोल र भौतिक विकासलाई ध्यान दिनुपर्ने विषय निर्दिष्ट गरेको छ । तर, प्रदेश सरकारले स्थायी राजधानीका सन्दर्भमा गरेको यो निर्णयमा संविधानको भावनालाई आत्मसात गरेको देखिँदैन,” रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी र सचिव नारायणबहादुर जिसीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रदेश सरकारले ठूला धनराशि खर्च गरेर संरचना, पूवार्धारसमेत निर्माण गरिसकेकाले बुटवललाई नै स्थायी मुकाम बनाउन रुपन्देही जिल्ला कमिटीले माग पनि गरेको छ ।बाह्रखरी डटकमबाट