प्रधानमन्त्री कार्यालयका प्रेस विज्ञ बजगाईँ पनि कोरोना संक्रमित

लोकखबर
१८ आश्विन २०७७, आईतवार १५:५०

मकवानपुर । प्रधानमन्त्रीको सचिवालयका कार्यरत अर्का एकजनालाई पनि कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

बजगाईँ आइतबार दिउँसो ट्विटरमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको भन्दै सम्पर्कमा आउनेलाई परिक्षण गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई लगायतलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*