मकवानपुरमा थप दश जनालाई कोरोना संक्रमण
मकवानपुर । मकवानपुरमा पछिल्लो समय थप १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
असोज १६ गते संकलन गरिएको स्वाबको रिर्पोट आइतबार साँझ सार्वजनिक गरिएको हो । उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईंले ३ महिला र ७ जना पुरुषमा कोभिड पुष्टि भएको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडास्थित किटजन्य रोग तथा तालिम केन्द्रमा कोरोना परीक्षण गरिएको हो ।
यसैबिच, स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको कोरोनाबारे प्रेस ब्रिफिङमा मकवानपुरका एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा पाँच दिनकी एक बालिका छिन् । बालिका सहित आइतबार देशभरमा सात जनाको मृत्यु भएको छ मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । कोरोनाबाट आइतबार २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाबाट नेपालमा अहिलेसम्म मृतकको कुल संख्या ५३५ पुगेको मन्त्रालयले जनाइएको छ ।