सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा वार्ता शुरु

लोकखबर
२२ आश्विन २०७७, बिहीबार १३:०३

मकवानपुर । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीको माग सम्बोधनको विषयमा शिक्षा मन्त्रालयको टोली र डा केसीको तर्फबाट गठन भएको टोलीबीच वार्ता शुरु भएको छ ।

शिक्षा मन्त्रालय दुवै टोलीबीच डाक्टर केसीको मागको विषयमाबाट शुरु भएको डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

वार्ता टोलीमा शिक्षा मन्त्रालयको तर्फबाट शिक्षासचिव गोपीनाथ मैनाली, गुणराज लोहनी, स्वास्थ्य मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोग निर्देशक दिलिप शर्मा छन् भने डक्टर केसीको तर्फबाट डाक्टर जीवन क्षेत्री, डा अञ्जनी कुमार झा, डा लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल छन् ।

विभिन्न जिल्लामा मेडिकल कलेज सञ्चालन हुनुपर्नेलगायत माग राख्दै भदौ २९ गतेदेखि डा केसी अनसनमा छन् । अनसनको २५ औँ दिन भइसकेको छ । डाक्टर केसीको स्वास्थ्य अवस्था पनि जटिल बन्दै गएको उनको निगरानीमा खटिएका चिकित्सकले बताएका छन् ।

डाक्टर केसीको माग प्रति सरकारले वास्ता नगरेको भन्दै नेपाल चिकित्सक संघलेदेखि आन्दोलनको घोषणा गरेपछि सरकारले बुधबार साँझ डा केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको थियो ।खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*