२४ घण्टामा विश्वमा २ लाख ७१ हजारमा कोरोना

मकवानपुर ।पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ७१ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो २४ घण्टामा २ लाख ३५ हजार ८६० जनामा कोरोना संक्रमण देखिएको थियो ।
सोही अवधीमा ४ हजार ४२७ संक्रमितको मृत्यु भएको छ ।
संक्रमितको संख्या ३ करोड ५६ लाख ५९ हजार ७ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १० लाख ४४ हजार २६९ संक्रमितको मृत्यु भइसकेको छ ।
बाह्रखरी डटकमबाट