बजार अनुगमन : पसलमा सडेको मासु, महानगरको अनुगमन टोलीद्वारा नष्ट

लोकखबर
२२ आश्विन २०७७, बिहीबार १४:५९

मकवानपुर । काठमाडौंको मैतिदेवीमा सञ्‍चालित चण्डी-कालिका मासु पसलमा सडेको मासु बिक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ ।

महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासुपसलमा केही मात्रामा सडेको कुखुराको मासु बिक्री गर्न राखेको पाइएको थियो । उक्त मासुलाई अनुगमनमा गएको टोलीले नष्ट पारेको छ । त्यस्तै मासुपसलमा म्याद गुर्जेको मसलासमेत पाइएको छ । महानगरपालिकाका पशुविकास अधिकृत डम्बरबहादुर बमले मासुपसलमा अनुगमन गर्दा सडेको मासु फेला परेको बताए । त्यस्तै पसलमा अस्तव्यस्त रुपमा मासु राखिएको, वधशाला फोहोर भएको पाइएकाले स्पष्ट जवाफसहित महानगरमा आउन भनिएका बमले बताए ।

महानगरपालिकाले मैतिदेवी क्षेत्रका अन्य खाद्य पसलहरुमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा केही पसलहरु दर्ता नगरी सञ्‍चालन गरेको, ढक तराजु प्रमाणीकरण नगरी प्रयोग गरेको पाइएकोले सचेत गराइएको उनले बताए ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*