ट्रम्पको उपचारमा प्रयोग भएको ‘रिजेनेरोन एन्टिबडिज’ को माग बढ्यो

लोकखबर
२३ आश्विन २०७७, शुक्रबार १२:१२

मकवानपुर ।गत हप्ता कोरोना संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा प्रयोग भएको ‘रिजेनेरोन एन्टिबडीज’ मा आधारित कोभिड–१९ औषधिको ट्रायलमा सहभागी हुन चाहने बिरामीहरुको माग अहिले दिन प्रति दिन बढ्दै गएको छ । अझैपनि परीक्षणकै चरणमा रहेको रिजेनेरोन थेरापीबारे बुधबार ट्रम्पले पोस्ट गरेको भिडियोमा पनि उल्लेख गरिएको छ जसमा उनले सो औषधि सबैका लागि निःशुल्क उपलब्ध गराइने दाबी गरेका हुन् ।

तर उता मेडिकलतर्फका विज्ञहरुले चाहिँ यो उपचारको प्रयोग ठूलो स्तरमा बढाउनु अगाडि यसको प्रभावकारीता पुष्टि गर्न पर्याप्त डाटा आवश्यक पर्ने बताइरहेका छन् । कम्पनीका प्रवक्ताले बताएअनुसार ट्रम्पका डाक्टरले सोमबार उनको रगत परीक्षण गर्दा त्यसमा संक्रमणसँग लड्ने एन्टिबडिज फेला परेको बताएका थिए जुन सम्भावित रुपमा यही उपचारपछि उत्पादन भएको हो ।

यस्तोमा कम्पनीले बुधबार नै अमेरिकी खाद्य तथा औषध विभागकहाँ यो उपचारलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन माग गरेको बताएको छ । ह्वाइटहाउस बाहिर खिचिएको भिडियोमा ट्रम्पले रिजेनेरोन थेरापीकै कारण आफूमा धेरै सुधार आएको र ठीक भएको भनि यसलाई श्रेय दिएका थिए । र, आफूले अब यस किसिमका उपचारलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिनमा सक्दो जोड दिने पनि बताएका हुन् ।

रिजेनेरोनको औषधि वास्तवमा दुई किसिमका ‘मोनोक्लोनल एन्टिबडिज’ को मिलावट हो । ती एन्टिबडिज संक्रमणसँग लड्न हाम्रो प्रतिरोधात्मक प्रणालीले प्रयोग गर्ने मुख्य हतियार हुन् ।

तर पर्याप्त डाटा संकलन नभएसम्म ठूलो स्तरमा यसको प्रयोग गर्न उचित नहुने विज्ञहरुको भनाइ छ । संक्रमण रोग विशेषज्ञ डाक्टर एन्थोनी फौसीले पनि यस सम्बन्धी विभिन्न चरणमा अध्ययन एवम् परीक्षण नगरि कुनैपनि औषधिको प्रभावकारीता प्रमाणित गर्न नसकिने बताएका हुन् । रिजेनेरोनले ‘डुअल–एन्टिबडि ककटेल’ को ३ लाख डोज बनाउनका लागि अमेरिकी सरकारबाट ४५ करोड डलर बराबरको आर्थिक सहयोग प्राप्त गरेको थियो र कम्पनीले यसलाई निःशुल्क वितरण गर्ने पनि बताएको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*