अष्ट्रेलियामा अब स्थायी भिसा पाउन, पार्टनरले पनि अङ्ग्रेजी टेस्ट पास गर्नुपर्ने

लोकखबर
२०७७ आश्विन २३, शुक्रबार १२:२६

मकवानपुर ।अष्ट्रेलियामा अब स्थायी भिसाका लागि निवेदन दिँदा ती अष्ट्रेलियन नागरिकका पार्टनरले पनि अङ्ग्रेजी भाषाको टेस्ट पास गर्नुपर्ने नियम ल्याउन लागिएको छ । सरकारले आप्रवासन सम्बन्धी पार्टनर भिसाको यो नियम २०२१ को मध्यदेखि कार्यान्वयन गर्न सक्ने बताएको छ ।

आलोचकहरुले सो नियम भेदभावपूर्ण भएको बताए पनि सरकारले विशेष रुपमा महिलाहरुको सुरक्षाका लागि यस्तो नियम ल्याउन लागिएको जनाएको छ । कार्यबाहक आप्रवासन मन्त्री एलेन टजका अनुसार सो व्यक्तिले अङ्ग्रेजी सिक्नका लागि केही न केही प्रयास गरेकै हुनुपर्छ जस्तै यसमा सरकारी कार्यक्रम अन्र्तगत ५०० घण्टाको निःशुल्क अङ्ग्रेजी कक्षा समावेश गरिएको छ ।

यसमा प्रधामन्त्री स्कट मरिसन र टज दुवैले अङ्ग्रेजी भाषाको क्षमता नहुनुले पार्टनरलाई जोखिममा पार्दै आएको बताएका हुन् । विशेषगरी कार्यस्थलमा उनीहरु संवेदनशील हुन सक्छन् र साथै यसले आर्थिक सहभागीता पनि बढाउने अपेक्षा गरिएको सरकारको भनाइ छ । मरिसनले भनेका छन्, “नागरिकहरुका पार्टनर पहिलोपटक अष्ट्रेलिया भित्रिदा अस्थाइ भिसामा आउन सक्छन् तर त्यसपछि यहाँ स्थाइ रुपमा बसोबास गर्नका लागि उनीहरुले अङ्ग्रेजी सिक्नैपर्ने हुन्छ ।”

२०१६ को सेन्सस अनुसार अष्ट्रेलियामा ३०० वटा भाषा बोलिन्छ । र त्यहाँको एक चौथाइ भन्दा बढी जनसङ्ख्याले घरमा अङ्ग्रेजी बाहेकका भाषा प्रयोग गर्ने गरेको पत्ता लागेको छ । यसमा पनि विशेषगरी मेल्बर्न र सिड्नीमा मात्र ३५ प्रतिशतले अन्य भाषा बोल्ने गरेको पाइएको हो । अहिले भने अष्ट्रेलियामा वर्क एण्ड स्टडी भिसाका लागि अङ्ग्रेजी भाषामा अनिवार्य क्षमता आवश्यक पर्दछ ।

तर अब आगामी वर्षदेखि अष्ट्रेलियन नागरिक हुन आवेदन दिने जोसुकैले अङ्ग्रेजी भाषा जानेकै हुनुपर्ने बताइएको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको