अर्घाखाँची अस्पतालमा चिकित्सक सहित १९ जनालाई कोरोना, आकस्मिक बाहेकका सेवा बन्द

मकवानपुर ।अर्घाखाँची अस्पतालका चिकित्सक सहित १९ जनालाई कोरोना पुष्टि भएको छ। चिकित्सक, नर्सिङ स्टाफ, कार्यालय सहयोगी र अन्य गरी १९ जनामा कोरोना संक्रमण भेटिएको हो।
स्वास्थ्यकर्मीमा कोरोना भेटिएकाले इमरजेन्सी बाहेक इण्डोर सेवा, ओपिडी, ल्याब एक्सरे तथा प्रसुती सेवा केही समयको लागि बन्द गरिएको छ। अस्पतालले एक सूचना जारी गरी थप जोखिम बढ्न नदिनका लागि सेवा केही समयका लागि बन्द गरिएको जनाएको छ।
बाँकी चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको समेतको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उनीहरुको रिपोर्ट आएपछि मात्र अस्पतालको सेवा सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ।
सामान्य प्रसुती सेवाका लागि सदरमुकाम नजिकको बर्थि¨ सेन्टर तथा जटिलतायुक्त सेवाका लागि प्रादेशिक अस्पताल वा पायक पर्ने अस्पतालमा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ। स्वास्थ्यखबर डटकमबाट