प्रधानमन्त्रीको सचिवालयका तीन जना कोरोना संक्रमणमुक्त

लोकखबर
२३ आश्विन २०७७, शुक्रबार १२:५४

मकवानपुर । प्रधानमन्त्रीको सचिवालयका तीन जना कोरोना संक्रमणमुक्त भएका छन्। मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, र प्रेस सल्लाहकार सूर्य थापा संक्रमणमुक्त भएका हुन्।

प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटमा तीनै जनाको पछिल्लो स्वाब रिपोर्ट नेगेटिभ आएको उल्लेख गर्दै लेखेका छन्, ‘हामीले कोरोना जितेका छौं।’

यही असोज १६ गते गरिएको परीक्षणका क्रममा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो। संक्रमण देखिएका फोटो पत्रकार राजन काफ्ले र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी भने आइसोलेसनमै छन्।स्वास्थ्यखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*