डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

लोकखबर
२३ आश्विन २०७७, शुक्रबार १५:४९

मकवानपुर । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

डा.केसीको शरीरमा अक्सिजनको मात्रा कम भएको र निमोनियाको लक्षणसमेत देखिएको उनका सहयोगी डाक्टर तोसिमा कार्कीले बताइन् ।

डा.कार्कीका अनुसार डा.केसीमा निमोनियाको लक्षण देखिएकाले सिटी स्क्यान समेत गरिएको छ ।

विभिन्न माग राख्दै अनसनरत डा.केसीको आज अनसनको २६ औं दिन पुगेको छ ।

सरकारले बिहीबार डा.केसीका मागबारे उनका प्रतिनिधिसँग वार्ता गरेको भएपनि बिहीबारको वार्ता निष्कर्ष बिहीन भएको थियो । डा.केसीका माग बारे शिक्षा मन्त्रालय आन्तरिक छलफलमै रहेको जनाइएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*